पोखरामा दुर्घटनामा बिद्यार्थीको मृत्यु पछि तनाव ,२० भन्दा बढी गाडी तोडफोड |

अन्य

पोखरामा दुर्घटनामा बिद्यार्थीको मृत्यु पछि तनाव ,२० भन्दा बढी गाडी तोडफोड |

फेब्रअरी ६ पोखरा : नेविसंघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको दुर्घटनामा परि ज्यान गएपछि पोखरामा तनाव भएको छ । सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी ग १ ख ६६७७ नम्बरको नगरबसले किचेर पैदल हिडिरहेका ढकालको ज्यान गएको हो ।नेविसंघले मंगलबार विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि नगरक्षेत्रमा कुनैपनि नगर बस चलेको छैन । पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर प्रहरी र विद्यार्थी्बिच झडप समेत भएको थियो । झडपपछि प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् ।घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म माईक्रो बस चल्न नदिने विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताउनुभयो । उहाँले प्रहरीलाई पनि संयमित भएर प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।समस्या समाधानका लागि अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक भैरहेको छ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।

स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्ने २४ वर्षीय ढकाल पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो ।गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ । बसले ठक्कर दिएपछि आक्रोशित भीडले बसको सिसा समेत फुटाइदिएका छन् । ठक्कर दिने बस र बसका चालक प्रहरीको नियन्त्रणमा छ । पिस पोखरा


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...