क्हत्र तमु भाईखलक नेपालको दोस्रो स्थापना दिवस बुटवलमा भब्य रुपले सम्पन्न।

अन्य

माघ २६ फिष्टेल न्यूज पोखरा ,क्हत्र तमु भाईखलक नेपालको दोस्रो स्थापना दिवस बुटवलमा भब्य रुपले सम्पन्न भएको छ। माघ २२ मंगलबार बुटवल -१३ पियाले भित्ताको कोहिम्बो परिसरमा सम्पन्न सो कार्यक्रम क्हत्र तमु भाईखलक नेपाल बुटवल शाखाको अध्यक्ष कौ बहादुर क्हत्र तमुले सभापत्तित्व गर्नु भएको थियो। कार्यक्रममा ,ख अतिथि ,क्हत्र तमु भाईखलक नेपालको केन्द्रिय उपाध्यक्ष टेक बहादुर क्हत्र तमु बिशेष अतिथि केन्द्रिय सल्लाहकार क्या दुत बहादुर क्हत्र तमु ,साथै केन्द्रिय पद अधिकारीहरु ,अर्घाखाँची ,सुस्ता नवलपरासी ,स्यांग्जा ,पोखरा तथा बुटवल क्षेत्रमा बसोबास गर्ने कहत्र तमुहरु लगायात सम्पूर्ण कहत्र चेलीबेटीहरुको उपस्थिति रहेको थियो। क्हत्र तमु भाईखलकहरुको परिचय , एकता तथा आपसी भाईचारालाई मध्येनजर राख्दै क्हत्र तमुहरुको बारेमा खोज ,अनुसन्धान र न्हेजाको अध्यायन गर्ने उद्देश्यले बि सम्बत २०७९ मा स्यांग्जाको मनकामना मन्दिरको परिसरमा क्हत्र तमु भाईखलक नेपाल गठन गरेको थियो।सभापति , प्रमुख अतिथि क्हत्र तमु भाईखलक नेपालको केन्द्रिय अध्यक्ष श्री नल बहादुर क्हत्र तमुले पानसमा बत्ति बालेर उद्घाटन गर्नुका साथै दोस्रो स्थापना दिवसको उपलक्क्ष्यमा केक पनि काटेको थियो ,साथै प्रमुख अतिथि ,अतिथि ज्युहरुले शुभकामना मन्तब्य दिनु भएको थियो। कार्यक्रमका सभापति तथा क्हत्र तमु भाईखलक बुटवल इकाईका अध्यक्ष कौ बहादुर क्हत्र तमुले इकाईको गतिबिधि बारेमा बताउनुका साथै ,उपस्थित अतिथि शुभचिन्तक तथा इष्टमित्रहरूलाई धन्यवाद ,शुभकामना ब्यक्त गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो । औपचारिक कार्यक्रमको समापन संगै जलपानको व्यबस्थ रहेको थियो। अन्त्यमा बुटवल इकाईका आमा समूह द्वारा नृत्यहरु प्रस्तुत गर्नु भएको थियो।कार्यक्रम तमु भाईखलक बुटवल इकाईका सचिव शुशिला तमुस्योले संचालन गर्नु भएको थियो।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...