स्याङ्गजामा हाईसको ठक्करबाट १ जनाको मृत्यु ।

अन्य

स्याङ्गजामा हाईसको ठक्करबाट १ जनाको मृत्यु ।

अगस्ट २८ स्याङ्गजा:-स्याङ्जाको वालिङ– ९ भूम्रेमा आज विहान हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो ।

बिहान ९.३० बजे ओरालोबाटोमा हाइसको ब्रेक फेल भएर भएको सो दुर्घटनामा परी वालिङ– ९ का ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया निर्जला श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन् ।घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...