नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं बार्षिकोत्सव, साधारण सभा तथा स्मारिका बिमोचन कार्यक्रम जुन १८ मा हुँदै।

अन्य

जुन १३ तेल अभिव फिष्टेल न्यूज:- नेपाल आदिबासी जनजाति महासंघ इजरायलको नबौ बार्षिक उत्सव तथा साधारण सभा यहि आउदो जुन १८ तारिखको दिन हुने भएको छ। कोरोना महामारीको कारण एक बर्ष भन्दा बढी पूर्ण रुपमा लक् डाउनको स्थिति भोगेको इजरायलमा हाल आएर सार्बजानिक स्थलहरुमा कार्यक्रम गर्न पाउने भएको छ। .महासंघका महासचिव सूर्य राना मगरका अनुसार तेल अभिवको लेवेस्न्की ९९ मा हुने सो कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासबाट महामहिम राजदुत डा अन्जना शाक्य आउनु हुने भएको छ। सो कार्यक्रममा स्थापनाकाल देखिका महासंघमा आबद्द रहेका जातिय संघ /सस्थाहरुको परिचय र क्रियाकलाप समेटेको स्मारिकाको बिमोचन गर्ने पनि कार्यक्रम रहेको वहाले बताउनु भएको छ ।
''बिस्वका आदिबासी जनजाति एक हौ आफ्नो ,भेशभुषा ,भाषा ,कला र संस्कृति संरक्षण तथा सम्बर्दन गरौ'' भन्ने मूल नारा र उद्देश्य राखी २०१२ मा नेपाल आदिबासी जनजाती महासंघ इजरायल गठन भएको थियो .स्थापना काल देखि आदिबासी महासंघ इजरयलले आदिबासी हक हित र समस्त आदिबासी लाई एक गराउने तथा आदिबासी महासंघ केन्द्रलाई पनि दरो रुपमा समर्थन ,खबरदारी ,सचेत गराउने देखि विभिन्न सामाजिक कार्यहरुमा सहयोगहरु गर्दै आइ रहेको छ .
यस कार्यक्रममा उपस्थित हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनी ,बुद्दिजिवि तथा संचारकर्मीहरु प्रति अनुरोध गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं बार्षिकोत्सव, साधारण सभा तथा स्मारिका बिमोचन कार्यक्रम।
मिती:-जुन १८ २०२१ शुक्रबार
स्थान :- लेवेन्स्कि ९९ (नयाविल्डिङ्गमा) तेल अभिव
समय :- साझ्ँ ७ ३० बजे


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...