यति एअरको जहाज पोखरामा दुर्घटना,शव खोजि कार्य जारी

अन्य

फिष्टेल न्युज

दुर्घटना स्थल

आज आईतबार बिहान १०:३२ बजे काठमाडौबाट पोखराका लागि उडेको यति 9N-ANC,ATR -72 बिमान नयाँ पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गर्नु पुर्ब पुरानो एअरपोर्ट नजिकै सेतिको खोचमा दुर्घटना हुन पुगेको छ ।बिमानमा ६८ जना यात्रु सहित ४ चालक दलका सदस्यहरु रहेका थिय भने - ३७ जना पुरुष ,२५ जना महिला ६ जना बच्चा रहेको यति एअरले विवरण सार्बजनिक गरेको छ । उक्त दुर्घटना हुदा जहाजको करिब ८०% भागमा आगो लागेकाले जिबित यात्रु भेट्ने संभावना न्यून रहेको बुझिएको छ । अहिले सम्म शव निकाल्ने कार्य भईरहेको र मानिसहरुको भिड बढि भएको कारणले सब खोजी तथा निकाल्न केही गार्हो भएको बुझ्नमा आएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...