राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट पोखरा आउदै।

अन्य

बैशाख १६ पोखरा :-राष्ट्रिय जनमाेर्चाका महासचिव मनाेज भट्ट पाेखरा आउदैछन् । उनलाई गण्डकी प्रदेश सदस्य खिमविक्रम शाही प्रकरणकाे छानविन गर्ने जिम्मेवारी सहित उनी पाेखरा आउदै छन् ।यिनै महासचिव भट्ट पाेखरा आएर कृष्णबहादुर थापा लगायतका सांसदहरुलाई अविश्वासकाे पक्षमा मतदान गर्न सहमत गराएर काठमाण्डाैं फर्केका थिए । तर बुधबार सांसद खेमविक्रम शाही बैठकमा अनुपस्थित भएपछि खैलाबैला भएकाे थियाे ।

हाल उनी चरक अस्पतालकाे काेराेना उपचार कक्षमा उपचारार्थ भर्ना भएका छन् ।उनी साँच्चिकै बिरामी भएका हुन् वा नाटक गरेकाे हाे भन्ने पत्ता लगाउने जिम्मा महासचिवले पाएका हुन् ।सांसद शाहीकाे लाइफ केयर र पश्चिमाञ्चल प्रयाेगशाला ल्याबबाट काेराेना परिक्षणकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...