तमु प्ये ल्हु संघ केन्द्रको आयोजनामा मास्टर डिग्री उतिर्ण तमु बिद्यार्थीहरु सम्मानित |

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघ केन्द्रको आयोजनामा मास्टर डिग्री उतिर्ण तमु  बिद्यार्थीहरु सम्मानित |
फागुन २ ८ पोखरा ;-तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा पोखरामा पहिलो पटक स्नाकोत्तर तह (मास्टर डिग्री ) उत्तीर्ण तमू विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।तमू जातिको कूलमा जन्मेर उच्च शिक्षा स्नाकोत्तर तह उत्तीर्ण गरि नेपालमा कुनै जागिर वा व्यवसाय गरेर बसेका तमूहरुलाई मात्र सम्मान गरिएको हो । पहिलो चरणमा २५ जना तमूहरुलाई सम्मान गरिएको छ । स्नाकोत्तर तह उत्तीर्ण गरेता पनि विदेशी भूमिमा कर्म थलो बनाएकाहरुलाई भने यो सम्मान प्रदान नगरिने आयोजक संस्था तमू प्ये ल्हु संघले जनाएको छ । तमू प्ये ल्हु संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर च्हम्रु तमूको प्रायोजन र तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा गौरीसरा तमू, जुनाकुमारी तमू, हुमबहादुर तमू, कर्णबहादुर तमू, जीवन तमू, तेजबहादुर तमू, भीमबहादुर तमू, रिस्मा तमू, विजय तमू, शीला तमू, लक्ष्मी तमू, रेनु तमू, कञ्चन तमू, शान्ति तमू, लोकबहादुर तमू, खिमबहादुर तमू, देवकुमारी तमू, अनुप तमू लगायत सम्मानित हुनुभएको छ । सम्मान ग्रहणपछि सम्मानितहरुको तर्फबाट बोल्दै अधिवक्त जुनाकुमारी तमूले मानिसको जीवन कुन दिशा तर्फ अघि बढछ भन्ने कुरा उसको शिक्षाले निर्धारण गर्ने भन्दै योग्यता र क्षमता भएको व्यक्तिलाई अवसरहरुले पछयाउँदै आउने बताउनु भयो । आफै आबद्ध भएको संस्थाबाट यसरी सम्मानित हुन पाउँदा आफूलाई एकदमै खुशी लागेको भन्दै उच्च शिक्षा हाँसिल गर्न सबै तमूहरुले जोड दिनुपर्ने बताउनुभयो ।अर्का सम्मानित व्यक्तित्व एवं कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुमबहादुर तमूले ढिलै भएपनि तमू समुदायले उच्च शिक्षा हाँसिल गरेको तमूहरुलाई सम्मान गर्ने परम्परा बसालेको भन्दै खुशी व्यक्त गर्नुभयो । उच्च शिक्षा हाँसिल गरेका तमू युवाहरुलाई नेपालमै बस्न र कुनै पेशा व्यवसायमा लाग्न उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्राध्यपक डा.विरेन्द्रसिंह तमूले हरेक व्यक्तिले आफूले लिएको शिक्षा देश र समुदायको लागि सदुपयोग गर्नुपर्ने बताउनुभयो । यसरी सदुपयोग गरेको शिक्षाले समाजमा महत्वपूर्ण सन्देश प्रवाह हुने उहाँको भनाई छ । कार्यक्रममा प्रायोजकको तर्फबाट बोल्दै संघका वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर च्हम्रु तमूले आफूहरुको पालामा पढछु भन्दा पनि पढन नपाएकोले अहिलेको युवा पुस्ताले पढेर देशमै केहि गर्न प्रेरण जागोस भन्ने उद्देश्यले आफूले यस्तो सम्मान कार्यक्रमको प्रचलन अघि सारेको बताउनु भयो । आगामी दिनमा सम्मान कार्यक्रमको निरन्तरताको लागि अक्षयकोष नै खडा गरेर अघि बढने सोचमा आफूहरु रहेको उहाँले बताउनुभयो । तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पमबहादुर क्रोम्छै तमूले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव लोकेन प्हच्यु तमूले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...