इजरायलमा १०९ औ अन्तराष्ट्रिय नारी दिवस भब्य रुपले सम्पन्न।

विदेश

इजरायलमा १०९ औ अन्तराष्ट्रिय नारी दिवस भब्य रुपले सम्पन्न।
फागुन २५ इजरायल:- नेपाली नारिहरुको संगठन नेपाली नारी आवाज इजरायलले १०९ औ अन्तराष्ट्रिय नारी दिवस तथा अन्तराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको १२ औँ बार्षिक उत्सव भब्य रुपले मनाएको छ ।''नारी हिँसा बिरुद्द राज्यको दायित्व र प्रवासमा नारी ''भन्ने नाराका साथ मार्च ८ शुक्रबार २०१९ मा सम्पन्न भएको सो कायक्रम अन्तरराष्ट्रीय नेपाली नारी आवाज इजरायलकी अध्यक्ष नेहा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ, जन सम्पर्क समिति इजरायलका अध्यक्ष खगेश्वर अधिकारी,नेपाल मगर संघ इजरायलका तृतीय उपाध्यक्ष सुर्य राना लगायात विभिन्न संघ/ सस्थाका प्रतिनिधिहरु,इजरायलबासी महिला दिदीबैनीहरुको उपस्थिति रहेको थियो । इजरायलमा पुरुष भन्दा महिलाहरुको संख्या अधिकतम रहे पनि ,यसको तुलनामा महिलाहरुको उपस्थिति अति न्यून रहेको थियो ।अतिथिहरुको तर्फबाट जन सम्पर्क समिती इजरायलका अध्यक्ष खगेश्वर अधिकारी ,मगर संघ इजरायलका तृतीय उपाध्यक्ष सुर्य राना तथा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा नारी सम्बन्धि कविता,मुक्तक,गजल वाचन लगायत गीत /नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नारी आवाज इजरायलको १२ औ बार्षिक उत्सव केक काटेर मनाएको थियो |नेपाली नारीहरु देश मात्र नभई बिदेशमा पनि भै परी आउने विभिन्न नारी हिँसा र अधिकारको लागी महिला स्वम नै सचेत हुनु पर्ने र महिला माथी हुने विभिन्न प्रकारका हिंसा बिरुद्द एक भएर लाग्नु पर्नेमा जोड दिनु हुँदै नारी दिवसको शुभकामनासंगै कार्यक्रम समापन गर्नु भएको थियो |कार्यक्रम निशा अर्यालले कविता ,मुक्ताक वाचन गर्नु हुँदै आकर्षक ढंगबाट संचालन गर्नु भएको थियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...