युएई, कोभिड-१९ अपडेटः संक्रमित संख्या ७१ हजार नाघ्यो, ३ को मृत्यु

विदेश    स्वास्थ्य

युएई, कोभिड-१९ अपडेटः संक्रमित संख्या ७१ हजार नाघ्यो, ३ को मृत्यु
मनु कोन्मे तमु
१७ भदौ, युएई ।  युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ८०,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० सेप्टेम्बर ०२ तारिख बुधबार ७३५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ।
नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ७१,५४० जना पुगेको छ।
त्यसैगरी युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ५३८ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ६२,०२९ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइ रहेका आज ३ जनाको मृत्यु भएको छ।
युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३८७ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ९,१२४ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...