इजरायलमा ”तीज उत्सव २०७५” भब्य रुपले सम्पन्न |

विदेश

इजरायलमा ”तीज उत्सव २०७५” भब्य रुपले सम्पन्न |
असोज १ तेल अभिव :-हिन्दु नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको ''तीज उत्सव २०७५ ''गत १४ सेप्टेम्बर २०१८ शुक्रबार तेल अभिबमा भब्य रुपले सम्पन्न भएको छ |   गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना, खेलकुद प्रेमी युवा समूह इजरायल र १४ संघ सस्थाहरुको आयोजनामा धुर्मुस सुन्तलि फाउण्डेशनद्वारा चितवनको रामपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण अभियानलाई सहयोगार्थ हरितालिका तिज कार्यक्रम गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष श्री छिरिङ्ग लामा शेर्पाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी महामहिम राजदुत श्री निरन्जन कुमार थापा ,वहाका धर्म पत्नी निर्मल थापा ,बिशेस अतिथीहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ ,निबर्तमान अध्यक्ष दिपक प्रसाद ओली ,सस्थापक अध्यक्ष सुबास खरेल ,युनीसेफ मिसन अफिसर राजेश कायस्थ र आई सी सी सदस्य बिशाल ज्ञवाली,अतिथीहरुमा १४ वटा सस्थाका अध्यक्ष /प्रतिनिधीहरु र इजरायलमा स्थापित सस्थाका अध्यक्ष /प्रतिनिधीहरुको उपस्थिती रहेको थियो | कार्यक्रम समुद्घाटन सभापती ,प्रमुख अतिथी ,कार्यक्रम संयोजक तथा बिशेष अतिथी ज्युले संयुक्त रुपमा दीप प्रज्वलन गरी गर्नु भएको थियो भने सस्थाका कार्यकारी सदस्य मुना अधिकारीले स्वागत मन्तब्य दिनु भएको थियो |खेलकुद युवा समुहका संयोजक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर नेपालले शुभकामना मन्तब्य दिनु हुँदै कार्यक्रममा हातेमालो गर्नुको कारणबारे बोल्नु भएको थियो |सस्थाका महासचिव तेञ्जिङ्ग शेर्पा र सचिव निर्मला गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो | शुरुमा सामान्य प्राबिधीक(साउण्ड सिस्टम ) कम्जोरी देखिएको भए पनि ,दर्शकले खचाखच भरिएको कार्यक्रममा आमन्त्रित कलाकारहरुले दर्शकलाई नचाए |सभाको बिसर्जन गर्नु हुँदै कार्यक्रम सफल बनाउन सम्पूर्णलाई धन्यवाद दिनु हुँदै कार्यक्रम सभापती तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष छिरिङ्ग लामा शेर्पाले तीजको शुभकामना दिनु भएको थियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...