नेपालमा थप ७ जना कोरोना भाइरस संक्रमित पुष्टि,संक्रमित संख्या १०९ ।

स्वास्थ्य

नेपालमा थप ७ जना  कोरोना भाइरस संक्रमित पुष्टि,संक्रमित संख्या १०९ ।
मे ९ काठमाडौँ :-नेपालमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीद्धारा जारी विज्ञप्तीमा उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुषमा र पर्साको छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...