म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको आरोपमा दुईजना पक्राउ !

अन्य

जुलाई ६ फिष्टेल न्यूज, म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...