माथिल्लो बलेउ पोखरा सम्पर्क समितिको अध्यक्षमा टेक बहादुर गुरुङ निर्बिरोध निर्बाचित !
अन्यमाघ ५ फिष्टेल न्यूज पोखरा ,माथिल्लो बलेउ पोखरा सम्पर्क समितिको दशौ बार्षिक उत्सव तथा तेस्रो महाअधिबेशन भब्य रुपले सम्पन्न ! गण्डकी प्रदेश स्थिति स्याङ्गजा जिल्लाको बिरुवा गाउपलिका ७ बाट बसाई सराई गरि पोखरा क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण माथिल्लो बलेउ तथा यादिबासिहरु बीच एकता , आपसी भाईचारा,आर्थिक ,संस्कृतिक उत्थान तथा सहयोगको भावनालाई प्राथमिकता राख्दै २०७१ फाल्गुन ३ गते स्थापना भएको "माथिल्लो बलेउ पोखरा सम्पर्क समितिले दश बर्ष पुरा गरेको छ ! यस अवसरमा सस्थाले भब्य कार्यक्रम गरि मनाएको छ ,पोखरा १५ अमिनटारमा भएको सो कार्यक्रमा नि बर्तमान अध्यक्ष तेज बहादुर गुरुङको सभापत्तित्व तथा सम्रकक्षक तथा आधिखोला तमु समाजका अध्यक्ष श्री नाल बहादुर गुरुङको प्रमुख अतिथ्य गर्नु भएको थियो !सभापति तथा प्रमुख अतिथिले दिप प्रज्ज्वलन गरि सुरु भएको कार्यक्रममा समितिका स -कोशाध्यक्ष शान्ति गुरुंगले स्वागत मन्तब्य, संस्थाका महासचिव प्रेम गुरुङ शुभकामना मन्तब्य ,कोष अध्यक्ष हुम बहादुर गुरुङ्गले प्रतिबेदन पेश गर्नु भएको थियो ! सभापति तेज बहादुर गुरुङ्गले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषण गर्दै कार्यसमितिको विघटन गर्दै , नया कार्यसमितिको सबैलाई सफल कार्यकालको लागि शुभकामना दिनु भएको थियो ! उक्त औपचारिक कार्यक्रम माथिल्लो बलेउ पोखरा सम्पर्क समितिका सचिव चित्र गुरुङले संचालन गर्नु भएको थियो !
साथै संस्थाका प्रमुख सल्लाहकार नल बहादुर गुरुङको नेतृत्वमा निर्बाचन कमिटी गठन गरिएको थियो !निर्बाचन कमिटीले श्री टेक बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्बिरोध निर्बाचित भएको घोषणा गरिएको थियो !यस लगत्तै अध्यक्ष टेक बहादुर गुरुङले सम्पूर्ण नया कार्यसमितिलाई शुभ -कामना दिदै आगामी दिन हरुमा यस संस्थाको आवस्यकता अनुरुप जग्गा र भवन निर्माण कार्यमा आफु र नयाकार्यसमितिलाई अग्रसर रही संस्थाको हितमा नियमित लागिरहने र सबै प्रति सहयोगको पनि अपेक्ष गरेको पनि बताउनु भएको थियो !
निकै उत्साहपूर्ण तबरले सम्पन्न आधिबेसनमा यस संस्थाक सम्पूर्ण सदस्यहरु तथा यस संस्थासंग सम्बंदित गाउबाट पनि पाल्नु भएको र कार्यक्रममा सबैको उत्साह पुर्वक बाक्लो उपस्थिति रहेको थियो !
माथिल्लो बलेउ पोखरा सम्पर्क समितिको नया कार्यसमिति यस प्रकार रहेको छ :-
सरक्षक :-नल बहादुर गुरुङ
अध्यक्ष :-टेक बहादुर गुरुङ
प्रथम उपाध्यक्ष :-सु लेख बहादुर गुरुङ
दित्तीय उपाध्यक्ष :-पिर्थ बहादुर गुरुङ
त्रिर्तीय उपाध्यक्ष :-शान्ति गुरुङ
को षःअध्यक्ष :-हुम बहादुर गुरुङ
स -कोष अध्यक्ष :-लुक मान गुरुङ
महासचिव :-प्रेम गुरुङ
सचिव :-चित्र बहादुर गुरुङ
स -सचिव दुत प्रसाद गुरुङ
सदस्य :-जौ माया गुरुङ
सदस्य :-लाल सरि गुरुङ
सदस्य :-लक्ष्मी गुरुङ

