तमु (गुरुङ )कहत्र समाज नेपालको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा १०४ बर्षिय जित बहादुर कह्त्र तमु

अन्य

माघ २३ फिष्टेल न्यूज पोखरा ,स्यांग्जामा तमु (गुरुङ )कहत्र समाज नेपालको प्रथम अधिबेशन सम्पन्न भएको छ !बिरुवा नगरपालिका ७मा अवस्थित मनकामना मन्दिरको परिसरमा मिती २०७९/१०/२२ मा सम्पन्न सो अधिबेशन कह्त्र तमुहरुको अग्रज १०४ बर्षीय जित बहादुर कह्त्र तमुको अध्यक्षमा सम्पन्न भएको छ भने कार्यक्रम संचालन प्रेम कह्त्र तमुले गर्नु भएको थियो ! “प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु , “अर्थात "शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ" भन्ने मूल नारालाई अनुशरण गर्दै तमु (गुरुङ )जातिको सिंगो पहिचानको लोप हुने स्थिति त्यसमा पनि एकदमै सानो सख्यामा रहेको कह्त्र खलकले पनि परिबर्तनशील देशको राजनैतिक अवस्था तथा बैदेशिक प्रभावमा पर्दै गएको हाम्रो समाजमा आफ्नो अस्तित्व र पहिचान जोगाउन सम्पूर्ण कह्त्रहरु , बिशेष गरि गण्डक क्षेत्रमा रहेका कह्त्र हरुलाई एकताको सुत्रमा बाँधेर आगाडी बढ्नु पर्ने आवस्यकता महशुस गर्दै कह्त्रहरुमा छलफल गरेर यो इतिहासिक कार्यक्रम सम्पन्न गराउने सकेको प्रेम कह्त्र तमुले जानकारी दिनु भएको छ !मनकामना डाँडाको मनकामना मन्दिर परिषरमा सम्पन्न भएको सो अधिबेशनबाट १०४ बर्षिय जित बहादुर कह्त्र तमुको अध्यक्षतामा १५ सदसीय कार्यसमिति गठन भएको छ !
नव निर्बाचित कार्यसमितिहरु :-
अध्यक्ष :- जित बहादुर कह्त्र तमु
कार्यबाहक अध्यक्ष :- नल बहादुर कह्त्र तमु
वरिष्ठ उपाध्यक्ष :-टेक बहादुर कह्त्र तमु
प्रथम उपाध्यक्ष :-टाउ बहादुर कह्त्र तमु
दित्तीय उपाध्यक्ष :-तिलक कह्त्र तमु
महिला उपाध्यक्ष :-पदम शोभा तमुस्यो
महासचिव :-प्रेम कह्त्र तमु
सचिव :-हुम बहादुर कह्त्र तमु
कोष अध्यक्ष :-मोहन बहादुर कह्त्र तमु
स कोष अध्यक्ष :-बिन बहादुर कह्त्र तमु
सदस्यहरु :-देव प्रसाद कह्त्र तमु ,इन्द्र बहादुर कह्त्र तमु ,लिल बहादुर कह्त्र तमु यन सरि तमुस्यो मिन कुमारी तमुस्यो
प्रमुख सल्लाहकार :-दुत बहादुर कह्त्र तमु
सल्लाहकारहरु :-लिल बहादुर कह्त्र तमु ,एच बहादुर कह्त्र तमु,चन माया तमुस्यो


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...