तमु( गुरूङ) ल्होसार पर्वको तयारीमा तमु समाज इजरयल ।

अन्य

कार्तिक २९ तेल अभिव:-बितेको वर्ष कोरोना भाइरसले गर्दा ल्होसार मनाउन नपाए पनि यो वर्ष तमु अर्थात् गुरूङ समुदाय यतिबेला ल्होसार पर्वको तयारीमा व्यस्त भएका छन् ।यसै क्रममा तमु समाज इजरयलले पनि “राष्ट्रिय पर्व तमू ल्होसार तथ स्योकै कार्यक्र्म भब्य रुपले मनाउने भएको छ । तमू संस्कार संस्कृति, परम्परा र पहिचन झल्किने सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज ), शुभकामना आदानप्रदान सहित मनाउने कार्यक्रम आउँदो मिती 31 डिसेम्बर 2021 शुक्रबार साँझ 7:00 बजे देखि बिहान 3 बजे सम्म यादखरुचिम -15 तेल अभिवमा हुने भएको तमु समाज इजरयलका महा सचिव शान्ति तमुस्योल्रे बताउनु भएको छ। ल्वों ल्हो ( गाई वर्ग ) लाई बिदाई गर्दै तो ल्हो ( बाघ वर्ग ) लाई स्वागत गरि “राष्ट्रिय पर्व तमू तो ल्होसार स्योकै तथा सांस्कृतिक कार्यक्रम 2078 " भव्यताका साथ मनाउन गई रहेकोले सो कार्यक्रममा इजरयलबासि तमू तथा गैर तमू नेपाली भाषी दाजु-भाई तथा दिदी-बहिनीहरुमा तमू समाज इजरायल परिवारद्वारा हार्दिक अनुरोध गरेको छ ।

तमू समाज इजरायल परिवार
मिति : 31 डिसेम्बर 2021
समय : बेलुकी 7.00 बजे देखि बिहान 3 बजे सम्म
कार्यक्रम : तमू तो ल्होसार
स्थान : यादखरुचिम -15 (Eve )


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...