बुल्समेन क्लबका अध्यक्ष तथा युवा समाजसेवी नेकपा(एस)बाट पोखरा महानगर पालिका १०को वडाध्यक्ष उम्मेदवार।

अन्य

चैत २९ फिष्टेल न्यूज पोखरा-नेकपा एकिकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनको लागि पोखरा वडा नं १० को वडा अध्यक्ष उम्मेदवारमा युवा समाजसेवी तथा खेलाडी नुना गुरुङ सर्वसम्मत पारित गरेको छ ।त्यसै गरि सदस्यहरुमा सम्झना राना मगर, सुमित्रा गुरुङ, तुल्ना परियार र शंकर गौतम रहेका छन् ।

अध्यक्षका उम्मेदवार गुरुङ यस अघिको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यमा चुनावी मैदानमा थिए । वडाध्यक्षका उम्मेदवार गुरुङ बुल्समेन क्लबका अध्यक्ष समेत हुन् । उनी शारिरीक सुगठन तथा फिटनेसका खेलकर्मी समेत हुन् । उनकै नेतृत्वमा रहेको बुल्समेन क्लबले पहिलो, दोस्रो र तेस्रो बुल्समेन बडिविल्डिङ च्याम्पियनसिप गर्दै आएको छ । कोभिडकै कारण गतवर्ष आयोजना गरिने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...