ट्रक र मोटरसाईकल दुर्घटनामा २ को ज्यान गयो ।

अन्य

सेप्टेम्बर २७ परासी :- नवलपरासीको कावासोती नगरपालिका–८ मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन ।मृत्यु हुनेमा विनयीत्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरे बस्ने २५ वर्षका हेमन्त पहराईमगर र कावासोती ८ का २६ वर्षका दिनेश थापा मगर रहेको ईलाका प्रहरी कार्यालय नवलपुर प्रहरी जनाएको छ ।

accd

घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरेका २४ वर्षका जयराम चापागाई रहेको राईले बताए ।कपिलवस्तुको चन्द्रौटाबाट काठमाडौं आउदै गरेको युपी ३२ एफएन २७७१ भरतीय ट्रक र पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाइकल एकआपसमा ठाक्किदा दुर्घटना भएको हो ।

तीब्र गतिको मोटरसाइकल ट्रकमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार भएको अगाडि र पछाडि बसेकाको मृत्यु भएको र बीचमा बस्ने घाइते भएको प्रहरीले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...