पिसिआर टेष्टको मूल्य घट्यो, अधिकतममा ४ हजार ४ सय लाग्ने

स्वास्थ्य

पिसिआर टेष्टको मूल्य घट्यो, अधिकतममा ४ हजार ४ सय लाग्ने
१४ भदौ, काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। 'अब अधिकतम् ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,' उनले भने। यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्कको १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन गर्न पाइने भनिए पनि अब भने त्यो गर्न नपाइने डा. अधिकारीले बताए। 'अब १० प्रतिशत शुल्क पनि त्यसभित्रै पर्छ। कुनै पनि अस्पताल वा प्रयोगशालाले ४ हजार ४ सय भन्दा बढी लिन पाउँदैनन्,’ उनले भने।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...