स्याङ्जामा संक्रमित निरन्तर घट्दै, ५ जनामात्र आइसोलेसनमा

देश    स्वास्थ्य

स्याङ्जामा संक्रमित निरन्तर घट्दै, ५ जनामात्र आइसोलेसनमा
१३ भदौ, स्याङ्जा । देशभर कोरोनाका कहर बढिरहँदा स्याङ्जामा कोरोना मुक्त हुने अवस्थामा पुगेको छ । कोरोना संक्रमितको संख्या दिन दिनै घटिरहँदा ६ दिनबाट पोजेटिभको संख्या शून्य छ । ११ पालिका रहेको स्याङ्जा पुतलीबजारमा ३ र वालिङमा २ जनाबाहेक अन्य ८ पालिकामा संक्रमितको संख्या नरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । यहाँ भाटेखोला २० बेड, जिल्ला अस्प्ताल १० बेड, कालिका ६० बेड, गल्याङे ५० बेड र चापाकोट १० बेडको आइसोलेसन अस्प्ताल खाली भएको छ । करेन्डाँडा अस्प्तालमा ३ र वालिङ आइसोलेनमा २ जनामा कोरोना पोजेटिभ छन् । भारतबाट जिल्लाबासी आउन थालेपछि कोरोनाको हटस्पट बनेको स्याङ्जामा भारतबाट आउने क्रम सामान्य बनेपछि र तेस्रो मुलुकबाट आउने पिसिआर टेष्ट गरेर आउन थालेपछि जिल्ला कोरोना मुक्त हुन थालेको जिल्ला स्वास्थय प्रमुख यामप्रसाद शर्माले बताए । भारतबाट आएर क्वारेन्टाइन बस्ने यहाँ ३१ जना छन् । आइसोलेसनमा ५ जना मात्र छन् । ३१० जना कोरोना संक्रमित भएको स्याङ्जामा ३ सय ३ जना निको भएर घर फर्केका छन् । दुई जनाको मृत्यु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...