यी हुन् पोखरामा शुन्य देखि सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका वडाहरु

देश    स्वास्थ्य

यी हुन् पोखरामा शुन्य देखि सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका वडाहरु
१२ भदौ, पोखरा । पोखरा महानगरमा २ सय ८० को सङ्ख्यामा कोरोना सङ्क्रमितहरू रहेको महानगरले जनाएको छ । बिहीबारसम्म महानगरमा २ सय ६ जना पुरुष र ७४ जना महिलाहरू गरी २ सय ८० कोरोना सङ्क्रमितहरू रहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख  हेमन्त शर्मा पौडेलले बताउनुभयो । पोखराका ३३ वडा मध्ये वडा नं २० र २४ मा शून्य सङ्क्रमण रहेको र सबै भन्दा बढी पोखराको वडा नं ८ मा २७ जना सङ्क्रमित रहेको प्रमुख पौडेलले पोखरा न्यूजलाई जानकारी दिनुभयो । पौडेलका अनुसार महानगरको  वडा नं ७ मा २३, वडा नं ५ मा २०, वडा नं १७ मा १८, वडा नं ९ मा १७ जना, वडा नं २७ मा १६ जना ,वडा नं १६ मा १४ जना, वडा नं १९ मा १२ जना, वडा नं १४ मा ११ जना, वडा नं ४ मा ११ जना सङ्क्रमित रहेका छन् । यसै गरी पोखरा महानगरको वडा नं १३, १५, २६ र ३३ मा ८/८ जना, वडा नं ६, १०, २९, ३० का चार वटा वडामा ७/७ जना, वडा नं ३२ मा ६ जना र वडा नं ३ मा ५ जना तथा वडा नं ११, १२, १८, २२, २५ र २८ मा ४/४ जना र वडा नं १ मा ३ जना, वडा नं २१ मा २ जना, पोखराको वडा नं २, २३ र ३१ मा १/१ जना सङ्क्रमित रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँले पोखरा महानगरका १६, १९ र १२ नं वडाका तिन जनाको कोरोनाका कारण मृत्यु भएको बताउनुभयो । भारतीयहरूले सञ्चालन गर्ने साना उद्योग र व्यवसायहरू रहेका पोखरा महानगरका वडामा धेरै सङ्क्रमित देखिएको पौडेलले बताउनुभयो । “उहाँहरू लकडाउनको समयमा भारत जानु भएको थियो खुकुलो भए सँगै फर्किनुभयो त्यसैले सङ्क्रमितको सङ्ख्या बढ्यो”, उहाँले भन्नुभयो । यही बिचमा बाहिरी जिल्ला र विदेशबाट आउनेको सङ्ख्या समेत बढ्दा पोखरामा  सङ्क्रमण बढेको उहाँले बताउनुभयो । शुक्रबार बिहान पोखरा महानगरको  वडा १७ मा २ पुरुष तथा वडा ३० मा थप एक महिलामा कोरोना देखिएको छ  ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...