पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

देश    स्वास्थ्य

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु
११ भदौ, पोखरा । पोखरा महानगरपालिका- ११ ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु  भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो । महिलालाई बुधबारदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । निर्देशक आचार्यले भने, ‘उनमा अरु स्वास्थ्य समस्या नभएको खुलेको छ । कोभिडकै कारणले मृत्यु भएको अहिलेसम्म जानकारीमा आएको छ ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौं कोरोना संक्रमित हुन् । पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पोखरा महानगरपालिका-१६ का ८७ वर्षका वृद्ध र पोखरा- १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ९ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...