तमु समाज इजरायलको दशौ अधिवेशन सम्पन्न, अध्यक्ष मा विन्दु तमुस्यो निर्वाचित

अन्य



15 जुलाई -023 फिस्टेल न्युज तेल अविव-

"प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु, अर्थात् "शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ प्रवास भूमि इजरायलमा कार्यरत सम्पूर्ण तमूहरुलाई एकीकृत गरि तमू जातिको मौलिक भेष भुषा, भाषा, लिपि, कला, संस्कार, संस्कृति र पहिचानको सम्बर्द्धन , प्रबर्द्धन गर्दै आपसी सद्भाव, सामाजिक सदभाव कायम राख्दै भई परि आउने कठिन परिस्थितिमहरुमा आर्थिक, नैतिक, भौतिक रुपमा साथ सहयोग गर्ने उदेश्यले 2006 सालमा स्थापित गौरवमय संस्था तमू समाज इजरायलको 14 जुलाई 2023 शुक्रबार साँझ 7:00 बजे तेल अभिव स्थित नोकिय पार्कमा खुशि क्ल्हे तमुस्यो को सभापतित्वमा तमू समाज इजरायलको दशौं अधिबेशन कार्यक्रम भव्यताको साथ सु -सम्पन्न भएको छ ।
कार्यक्रम को प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष कुमार आंदम्वे अवि ज्यु हुनुहुन्थ्यो भने नेफिनमा आवद्ध सदस्य सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु सहित वाक्लो जनउपस्थित रहेको थियो । कार्यक्रमा सस्थाको वार्षिक प्रतिवेदन सस्थाका महासचिव शान्ति तमुस्योले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन सस्थाकि सह-कोषाध्यक्ष सोनि तमुस्यो ले प्रस्तुत गर्दै सस्थाले स्थापना गरेको अक्षयकोष का सन्दर्भमा पनि थप आम्दानि/ खर्च र कोषमा रहेको रकम लगानिका सन्दर्भ मा स्पष्ट पार्दै सस्थाका भावि कार्ययोजना र रणनितितिका वारेम प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम मा उपस्थित सम्पुर्ण नेफिनमा आवद्ध सदस्य सस्थाका अध्यक्ष ज्युहरुले सस्थाले गरेको समग्र कार्यको प्रशंसा गर्दै आगामिदिनमा तमु समाजले आत्मासाथ गरेको मुल नारा, उद्धेश्य र समग्र समुदाय प्रति अझ सशक्त , रचनात्मक अनि जवाफदेहि भएर आफुलाई सधै प्रस्तुत गरोस भन्ने शुभेच्छा सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै पछिल्लो समय देशमा चर्किएको पहिचान को आन्दोलन यानिकि कोशि नामकरण खारेजिको वारेमा पनि विचार हरु व्यक्त भएका थिए । समग्रमा अतिथिहरुले राज्यले पहिचानका आधारमा प्रदेशको नामकरण गरिनु पर्ने यो अहिले आवस्यक्ता मात्र नभएर संविधान को मर्म र भावना पनि रहेको जिकिर गर्नु भएको थियो ।

कार्यक्रम को समापन गर्दै कार्यक्रम का सभापति खुशि क्ल्हे तमुस्यो ज्युले कार्यक्रम मा उपस्थित सबै प्रमुख अतिथि , बिशेस अतिथि र अतिथिहरुलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै साथ सहयोग र सद्भावको अपेक्षा व्यक्त गर्दै पुरानो कार्यसमिति विघटन गर्नु भएको थियो । लगत्तै निर्वाचन समितिकि संयोजक श्री निर्मला तमुस्यो ज्युले 023/025 कार्यकालको लागि तपशिल बमोजिम को नया कार्यसमिति को नामावली प्रस्तुत गर्नु भएको थियो ।
तपशिल -
१) अध्यक्ष -बिन्दु तमूस्यो
२) प्रथम उपाध्यक्ष - नरमाया तमूस्यो
३) द्वितिय उपाध्यक्ष - डिबी तमू
४) तृतीय उपाध्यक्ष -शान्ति तमूस्यो
५) महासचिब - रेखा तमूस्यो
६) सचिव - सोनी तमूस्यो
७) सहसचिब - खोप्स तमू
८) कोषाध्यक्ष - गयात्री तमुस्यो
९) स-कोषाध्यक्ष - मनु तमुस्यो
सदस्यहरू
१) दिपक तमू
२) बिना तमूस्यो
३) खुशी तमूस्यो
४) सबु तमूस्यो
५) तेज माया तमूस्यो
६) योगेन तमू
७) अन्जलि तमूस्यो
८) उर्मिला तमूस्यो
९) इन्द्र तमू
१०) धना तमूस्यो
११) बिरेन तमू
१२) महेश तमू
१३)सुशील क्ल्हे तमू
१४)अनिल तमू
१५)प्रेम तमू
१६) कविता तमूस्यो
समरक्षक समिति सदस्य
१) डिक कुमार तमू
२) निर्मला तमूस्यो
३) आसमाया तमूस्यो
४) ओम तमू
प्रमुख सल्लाहकार
१) खुशी क्ल्हे तमूस्यो
सल्लाहकारहरु
२) हरीमाया तमुस्यो
३) रिता घले तमुस्यो


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...