जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन जसपा NeSo Israel ले जसपा चुनावी गित विमोचन गर्ने ।

अन्य

चैत २५ तेल अभिव :-,जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन जसपा NeSo Israel ले जसपा चुनावी गित विमोचन गर्ने भएको छ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यमा जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन जसपा NeSo Israel ले आसन्न तीन (३) तहको निर्वाचनलाई लक्षित गरि निर्मित गरिएको सो जसपा चुनावी गीत जुमभर्चुअलबाट गर्न लागिएको नेपाली समाज(NeSo) इजरायलका सचिव छत्र गोले तामाङ (शंखर)ले जनाएको छ। अप्रिल ९ तारिख गरिने भनिएको सो कार्यक्रममा उपस्थितिको लागि इजरायलमा अवस्थित एवं देश तथा विदेशका विभिन्न राजनीतिक,सामाजिक ,धार्मिक संगठन,संघ र संस्थाका नेतृत्व महानुभावज्युहरु,अनलाइन संचारकर्मिज्युहरु,सामाजिक अभियान्त, समाजसेवि,कलाकार साहित्यप्रेमि देशभक्त न्यायप्रेमी श्रमजीवी दाजुभाइ तथा दिदिबहिनीहरुमा एक सूचना मार्फत उपस्थितको लागि अनुरोध गरिएको छ।
कार्यक्रम तालीका:-
मिती :-अप्रिल ९ तारिख शनिबार ।
माध्यम :-जुमभर्चुअल ।
नेपाली समय :- साँझ ५:४५ बजे।
इजरायली समय : दिउँसो ३:०० बजे।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...