थारु समुदायले युएईमा माघी पर्व भब्य रुपले मनाउने |

मूलबासि /भूमिपुत्र

थारु समुदायले युएईमा माघी पर्व भब्य रुपले मनाउने |
पुस ७ युएई :-थारु कल्याणकारिणी सभा, युएईले थारुहरुको नयाँ वर्ष माघी तथा सातौ वाषिर्क भेला भब्य रुपले मनाउने भएको छ। हरेक वर्षझैं यसवर्ष पनि विविध कार्यक्रम गरेर माघी उत्सव ‘थारु कला, संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान’ मूल नाराका साथ जनवरी ११ तारिखमा कार्यक्रम आयोजना हुने बताइएको छ।११ जनवरी २०१९ शुक्रबार का दिन रेनट्री रोल्ला होटलमा आयोजना हुने कार्यक्रममा थारु समुदायको मौलिक संसकृति सखिया, झुमरा , लाठि नृत्य (stick dance ) प्रदर्शन संगै, नेपालबाट गायक श्रीनिवास चौधरी, केशवराज महतो र भुरभुरा रहर फिल्मको टिम सहभागी हुने आयोजकले जनाएको छ। हरेक वर्षझैं यसवर्ष पनि थारुहरुको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम गरिने रुपेश चौधरीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा थारु परिकारहरुको पनि व्यवस्था हुनेछ।कार्यक्रममा सहभागी हुन युएई बस्ने थारुहरुलाई आयोजकले आह्वान गरेको छ। सभाको युएई च्याप्टरले सामाजिक कामको साथसाथै हरेक वर्ष माघी पनि मनाउँदै आएको छ।

सातौ वाषिर्क भेला माघेसङ्गक्रान्ती (माघी) कार्यक्रम

आयोजक :- थारु कल्याणकारीणी सभा यु,ए,ई, मिति :-११ जनवरी २०१९ शुक्रबार समय :- मध्यान्ह १२ बजे देखी स्थान :-Raintree Rolla Hotel , Ground Floor, Oppostie Imperial Suites Hotel , DUBAI


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...