तमु सञ्चारकर्मी संघ नेपालमा गोरखापत्र दैनिकका रबिन तमु चयन ।

अन्य

तमु सञ्चारकर्मी संघ नेपालमा गोरखापत्र दैनिकका रबिन तमु चयन ।
मार्च १ फिस्टेल न्यूज पोखरा :- तमु सञ्चारकर्मी संघ नेपालको चौथो महाधिवेशनले रबिन तमुको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।लमजुङको क्होला सोथर गाउँपालिका -६ पस गाउँमा शनिबार सम्पन्न अधिबेशनले गोरखापत्र दैनिकका सम्बाददाता रबिन तमुलाई अध्यक्षमा चयन गरेको हो ।बिगत दुई दशकदेखि काठमाडौलाई आफ्नो कर्मथलो बनाएर बस्नुभएका रबिन तमु तमु सञ्चार कर्मी संघ नेपालको कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा लाला तमु ,महासचिव रोशनी तमु ,सचीव चित्र न्हान्सी तमु,कोषाध्यक्ष दीपेन्द्र तमु,रहनु भएको छ भने सदस्यहरुमा मणि सरब्जा तमु,सीता तमु,गजेन्द्र तमु, रोहित तमु,नवीन तमु,मिना तमु,केशब तमु,कुमार तमु,खिमा तमु र किरण तमु चयन भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...

धेरै पढिएका लेखहरु