तमु समाज मलेयासियाले आफ्नो संस्कार संस्कृतिमा रही च्यु ल्होसार भब्य रुपले मनाए ।
विदेश
कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत उदयराज पाण्डेले शुभकामना तथा स्वागत मन्तब्य दिनुहुदै दुतावासले श्रम सम्झौता अनुसार नेपालीहरुलाई सेवा सुविधा दिएको छ कि छैन भन्ने बिषयमा कडा निगरानी र सकृयता बढाउने साथै सम्झौता बिपरित रहेको कम्पनीलाई तुरुन्तै कार्वाही गर्ने बताए । घर फिर्ति कार्यक्रम सकिएको र आगामी दिनमा दुतावासले सम्पूर्ण शक्ति लगाएर नेपाली कामदारको हित हुने काम गर्न लागि पर्ने वताउँनु भयो त्यस्तै संघसंस्थाहरुले सुचना दिएर सहयोग गर्न राजदुत पाण्डेले आग्रह गरे ।यसै क्रममा विशेष अतिथि डा. हुम गुरुङले गुरुङहरुको उत्पत्ति र बर्तमान सम्बन्धि अनुसन्धनबाट प्राप्त तथ्यको जानकारी गराएका थिए साथै नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सबैले सबैक्षेत्रबाट भूमिका खेल्नु पर्ने बिषयमा जोड दिनु भयो ।
कार्यक्रममा मलेसियाका विभिन्न ठाउँबाट आफ्नो भेषभुषामा तमु तथा गैर तमुहरुको उल्लेखनीय सहभागीता रहेको थियो भने कार्यक्रम सफल बनाउँन खाजा घर रेस्टुरेन्ट, सोल्टी रेस्टुरेन्ट न्यु कास्की रेस्टुरेन्ट, अन्नपूर्ण मिनिमार्केट, गुरुङ्ग मिनिमार्केट र गोर्खा किचन जोहोरले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा गुरुङ कलाकारहरुले पहिचान र संस्कृति झल्काउने नृत्य तथा गीतको साथै अन्य कलाकारहरुले नेपाली सांगीतिक प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन दिएका थिए । कार्यक्रममा उपस्थिती सबैलाई गुरुङ परिकार सेलरोटी अचार र खानाको व्यवस्था गरिएको थियोकार्यक्रम संचालक समाज का उपाध्यक्ष समीर गुरुङ ज्यु ले गर्नु भएको थियोे |


