तमु प्ये ल्हु अमेरिकाको पाचौ बार्षिक उत्सब सम्पन्न |
विदेश
संस्थाका उप-प्रमुख सल्लाहकार श्रीमती चिज्मय तमुस्यो तथा संस्था का महिला भिभाग का अध्यक्ष्य श्रीमती गुन्श्री तमुस्यो ज्युहरुबाट आतिथ्य सत्कार, संघका अध्यक्ष टौ क्रोम्छे तमुको सभापतित्वमा सचिव सन्तोष क्रोम्छे तमु ले सन्चालन गरेको उक्त कार्यक्रमलाई प्रमुख अतिथि श्री मिलन क्होला तमु तथा खेगी ल्होरी चिबा श्री कुम ब टु क्लेप्री तमु उहाहरुको, संस्था प्रमुख सल्लाहकर जित ब क्रोम्छे तमु तथा संस्थाका अध्यक्ष्य श्री टोउ ब क्रोम्छे तमु हरुको बाहुलीबाट क्होँईवो धिँ सहितको पानसमा दिप प्रज्वलन गरी, खेगी चिबा कार्यक्रम भब्य र सफल को लागि तमु को संस्कार अनुसार छुसि बाचन गरि विधिवत रुपमा समुद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा संघका संघका प्रमुख सल्लाहकार श्री जित ब क्रोम्छे तमु ज्यु तथा संस्था का प्रथम उपाध्यक्ष्य श्री चक्र ब क्रोम्छे तमु हरुबाट संस्था स्थापना भएको पाँचौ वर्ष पुरा गरि छैठौ वर्ष मा प्रवेश गरेको पवन अवसर मा स्वागत तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
नेपाल बाट आउनु भएका सांस्कृतिक बिभाग का उप-प्रमुख तारा खाक्यु तमुस्यो आमा श्रीमती चन्द्र कुमारी तमुस्यो ज्यु तथा जित ब तमु ज्यु को USA बसाई आरामदायी तथा सफल होस् भनि शुभकामना ब्यक्त गर्दै फुल र क्रमु ओडाई स्वागत गरियो ।कार्यक्रम का प्रमुख अतिथि बाट तमु प्ये ल्हु संघ न्यु योर्क स्थापना पूर्व ,स्थापना पछि का अनुभब बारे जानकारी गराउनु भएको थियो भने ,बिसिस्ट अतिथि ल्होरी चिबा श्री कुम ब टु क्लेप्री तमु बाट "प्ये ता' ल्हु ता' " बारे छोटो प्रबचन तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो | यसै संस्थाका अध्यक्ष्य तथा कार्यक्रम का सभापति श्री टोउ क्रोम्छे तमु बाट उपस्थित सबैलाई संस्था स्थापना भएको पाँचौ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको पवन अवसर मा शुभकामना तथा "प्ये ता' ल्हु ता' " बारे छोटो प्रबचन को साथ साथै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

