तमु कलाकार संघ गण्डकीले ६२ कलाकारलाई राहत वितरण गर्‍यो ।

स्थानीय

तमु कलाकार संघ गण्डकीले ६२ कलाकारलाई राहत वितरण गर्‍यो ।
जुलाई १५ हुम गुरुङ /पोखरा:-सम्पुर्ण गुरुङ कलाकार एक होऔं नाराका साथ क्रियाशील तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिले ६२ जना तमु कलाकारहरुलाई राहत वितरण गरेको छ। पोखरा ९ नयाँबजार स्थित तमु धिं नेपालमा मंगलवार तमु कलाकार संघ प्रदेश समितिले कार्यक्रम आयोजना गरी कोभिड १९ कोरोना भाइरस र लामो लकडाउनबाट प्रभावित तमु कलाकारहरुलाई पहिलो चरणको राहत वितरण गरेको हो। कोभिड १९ बाट समस्यामा परेका ३६ जना कलाकारहरुलाई चामल, दाल, तेल, नुन, सोयबिन, चिउरा लगायतको प्याकेज र पोखरामा घरभाडा तिर्नुपर्ने २६ जना संघका कलाकारहरुलाई घरभाडा स्वरुप नगद सहयोग वितरण गरिएको थियो भने कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ तमु ,कलाकार संघका केन्द्रिय महासचिव गणेश गुरुङ, संघका गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले राहत वितरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद मनबहादुर गुरुङले कोभिड- १९ बाट प्रभावित तमु कलाकारहरुलाई राहत वितरण गरेर तमु कलाकार संघ प्रदेश समितिले कलाकारहरुको अभिभावकत्व ग्रहण, कलाकारिताको संरक्षण र मानवीयताको नमुना प्रर्दशन गरेको भन्दै प्रसंशा गरेका थिए । सांसद गुरुङले कलाकार राष्ट्रका निम्ती भएकाले सरकारले कलाकारलाई सहयोग गर्नुपर्ने बताएका थिए भने स्थानीय, प्रदेश र संघीय तीन तहको चरण चरणको पहलले कोभिड १९ को समस्याहरुको व्यवस्थापन भएको भन्दै संघीय व्यवस्था प्रभावकारी रहेको दावी समेत गरेको थियो। तमु(गुरुङ)कलाकार संघ केन्द्रीय महासचिव गणेश गुरुङले कलाकारलाई चुइगम जस्तै रस आउँदा सम्म चुस्ने र त्यस पश्चात बेवास्ता गर्ने गरेको दुखेसो पोखेका थिए। कला र कलाकार राष्ट्रकै सम्पत्ति हो भन्ने सोचाई राज्यले बनाउनुपर्ने गुरुङको आग्रह थियो। कलाकारितामै जीवन देखेका कलाकारहरु भोकै भोकै भोतारिनुपर्ने पिडा किन देख्दैन राज्य भन्दै कोभिड १९ ले प्रभावित गरेको बेला सहयोग गर्ने संघ संस्था र सहयोगदाता महानुभावहरुलाई महासचिव गुरुङले धन्यवाद व्यक्त गरेको थियो। सम्पुर्ण संघ संस्थाका तर्फबाट तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले मन्तव्य व्यक्त गर्दै कला, कलाकार र कलाकारका महत्व र समस्या किन राज्यले बुझ्नुपर्नेमा अपहेलना गरिएको बताउदै कला सँस्कृतिको संरक्षक, साँस्कृतिक अभियन्ताहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्नेमा कलाकार पनि समस्यामा छन र? भन्ने मानसिकताको अन्त्यको जरुरी रहेको भन्दै कलाकारको समस्या महसुस गरेर संघ संस्थाको तर्फबाट बाचौं र बचाऔं भन्ने भावनाका साथ सहयोग गरेको बताएका छ्न। गुरुङले तमु कलाकार संघ प्रदेश समितिलाई तमु धिं नेपालको तर्फबाट स्वागत गर्दै सम्पुर्ण तमुहरुको एकताका लागि सबै तमुहरुको भावना खुल्ला हुनुपर्ने बताएका छ्न। सल्लाहकारहरुको तर्फबाट संघका सल्लाहकार, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले राहतसँगै कलाकारहरुलाई उपचारका लागि कलाकार संघहरुले सोच बनाउनुपर्ने सुझाव दिएका छ्न। त्यसैगरी तमु कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकार संघको स्थापनाका उद्धेश्य, गतिविधी, कोभिड- १९ बाट प्रभावित भए सँगै समितिको अभियानमा स्वदेश एवम विदेशमा क्रियाशील २१ संघ संस्था एवम सहयोगदाताहरु बाट सहयोग प्राप्त भई पहिलो चरणको राहत वितरण शुरु गरिएको बताएका थिए । गुरुङका अनुसार दोश्रो चरणमा समस्यामा परेका कलाकारहरुलाई घरघरैमा राहत पुर्‍याउने योजना रहेको जानकारी दिंदै सहयोगदाताहरु लाई धन्यवाद व्यक्त गरेका थिएल भने कलाकारहरु सबै तमुहरु र संघ संस्था जोड्ने माध्यम बन्ने दावी समेत गरेका छ्न। तमु कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ज्योति गुरुङ लोहनीले गरेकी थिइन भने उक्त कार्यक्रममा सहयोगी संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...