फेवातालमा मृतक अवस्थामा फेला परेको युवाकको सनाखत हुन सकेना।

स्थानीय

फेवातालमा मृतक अवस्थामा फेला परेको युवाकको सनाखत हुन सकेना।
जुन ४ पोखरा :- पोखराको फेवातालमा मृत फेला परेका एक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।गत बैशाख २६ गते दिउसो फेवातालमा पौडी खेल्दै गर्दा बेपत्ता भएका उनको करिव २ घण्टापछि शव फेला परेकोमा हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले उल्लेख गरेको छ ।गहुँगोरो वर्णको आर्यन अनुहार भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको अन्दाजी २४ /२५ वर्षको जस्तो देखिने युवकको शव फेला परेकोले कोही आफन्त वा चिनजानको व्याक्ति भए जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न कास्की प्रहरीले आग्रह गरेको छ ।प्रहरीले मृतकको सनाखतको लागी आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ।मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शब् घरमा राखिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...