स्यांग्जा बिरुवा गाउँ पालिकामा सामुदायिक हाेमस्टे शुभारम्भ ।

स्थानीय

स्यांग्जा  बिरुवा गाउँ पालिकामा सामुदायिक हाेमस्टे शुभारम्भ ।
जुलाई ६ पोखरा :- स्याङ्जाको बिरुवा गाउँ पालिका-७ (मनकामना) गहतेमा सामुदायिक हाेमस्टे सञ्चालनकाे शुभारम्भ भएको छ। ऐतिहासिक धार्मिक एवम् पर्यटन गन्तव्यकाे प्रचुर सम्भावना रहेकाे गाउँमा परम्परागत सास्कृतिक, ऐतिहासिक र प्राकृति सम्पदाले सिगारिएकाे अनौठो मनाेराेञ्जनात्मक दृश्य अवलाेकन गर्न तथा पर्यटककाे उचित ब्यबस्थापन गरि स्थानीय अर्गानिक उत्पादनमुलक खाना पाहुनालाई उपलब्ध गराउने तथा अाफनै गाउँ -ठाउँमा स्वराेजगार सृजना गरि अार्थिक स्राेतमा सघाउ हुने ध्येयले सञ्चालन गरेकाे सामुदायिक हाेमस्टे असार ३ गते १३ सदस्य टाेली नेपाल मुद्रण उद्योग महसंघ गण्डकीका अतिथिहरुलाई भब्य स्वागत गरि सुरुवात गरेका छन। उक्त स्वागत कार्यक्रममा गाउँ पालिकका अध्यक्ष तथा वडा कार्यलयका अध्यक्ष खड्का बहादुर गुरुङकाे बिशेष उपस्थितिमा सम्पन्न भएको थियोे ।साे कार्यक्रममा गाउँ पालिकका अध्यक्ष चुन प्रसाद शर्माले मनकामना सामुदायिक हाेमस्टेले अान्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन प्रबर्द्धन क्षेत्रमा टेवा पुग्ने बताए ।। गत बर्षकाे अार्थिक बर्षमा गण्डकी प्रदेश सरकारबाट उद्योग ,वन पर्यटन तथा वातावरण मन्त्रालयको बिशेष अनुदानमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाेम स्टे बिकास काे पुर्वाधार निर्माणकार्य गर्न प्रदेश सरकारले अनुदान रु,१०,००,०००। बिनियाेजित गरेकाे थियाे। उक्त रकममा स्थानीयले रकम थप गरि अतिथि स्वागत तथा गाेष्ठि कार्यक्रमका लागि अावश्याक पर्ने मनाेराेञ्जना राेधी घर भवन निर्माण कार्य गर्नु पर्ने भएकोले साे कार्य पनि अन्तिम चरणमा पुगेकाेछ। सामुदायिक हाेमस्टेकाे बिशेषता भनेकाे भ्रमणमा अाएका पाहुनालाई फुलमालले भब्य स्वागत गर्ने मनकामना मन्दिरको दर्शन गराई उत्त ठाउँ बाट देखिने मनमाेहक हिम श्रृखलाकाे सेत्तामै दृश्य तथा ठाउँ पहिचानका दृश्य गराउने र स्थानीय मौलिकतालाई प्राथमिकतामा राखि अर्गानिक खाना, स्थानीय पिया पदर्थ उपलब्ध गराउने र ,मौलिक लाेक सस्कृति, सालैजाे ,कृष्ण चरित्र ,साेरठी लगायत क्लबले साँस्कृतिक प्रस्तुति प्रदान गरि सौहार्द पुर्ण तवरले बिदाई गर्ने हाेमस्टेका ब्यबस्थापन समितिका सचिव जौ गुरुङले बताए । हाेमस्टेलाई पाहुनामैत्री बनाउन सुझाव संकलन तथा समिक्षगत सुधार पनि हुने र प्याकेजीङ भ्रमणमा अाउने संघ सस्था तथा पहुनाहरुले पुर्व जानकारी गरि अाएमा अाफुहरुलाई सहज हुने हाेमस्टे ब्यबस्थापन समितिका सदस्य कृष्ण गुरुङले जानकारी दिए। बिगतका दिनहरुमा हाेमस्टेकाे परिकल्पना गरेका स्थानीय बासीले अब भने स्थानीय निकायकाे समन्वयमा सामुदायिक हाेमस्टेलाई थप नमुना बनाउन परम्परागत कला सस्कृति र स्थानीय अर्गानिक उत्पादनका खाना अाफनाे गाउँमा अाउने पाहुनालाई उपलब्ध गराउने छ भने स्वराेजगार सृजना भई अार्थिक लाभ लिन सकिने स्थानीय बताउछन।।। साभार :-मनकामना डट,कम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...