सेती नदीमा माछा मार्ने क्रममा एक युवक बेपत्ता ।

स्थानीय

सेती नदीमा माछा मार्ने क्रममा  एक युवक बेपत्ता ।
अप्रिल ११ पोखरा :-पोखरामा साथीहरुसंग माछा मार्ने क्रममा अन्दाजी २२ ,२३ बर्षको युवक बेपत्ता भएको छ । पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २२ ,२३ वर्षीय अमृत थापा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।गोर्खा स्थाई ठेगाना भै पोखरा १६ दिप बस्दै आएको अमृत अरु ५ जना साथीहरुसंग नजिकै रहेको सेती नदीमा माछा मार्न गएका थिए ।एक्कासी पानीमा अमृतको टोपी बगाई रहेको देखेपछी उनिसंग गएका साथीहरुले खोजि गरेको र नभेटे पछी प्रहरीलाई सुचना गरेको थियो ।अहिले खोजी कार्य भईरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...