स्याङ्जामा आगलागीका कारण एक युवकको मृत्यु ।

अन्य

स्याङ्जामा आगलागीका कारण एक युवकको मृत्यु ।
माघ २८ स्यांग्जा :- जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ गाडखानीमा स्थानीय बलहादुर थापा मगरको घरमा आगोलागी हुँदा घर रेखदेखका लागी बस्दै आएको २८ वर्षीय कृष्ण कामीको मृत्यु भएको हो । विहान साढे ४ बजे लागेको आगो विहान ८ बजे मात्रै नियन्त्रणमा आएको थियो ।आगलागीबाट घरमा रहेको अन्तपात, भाडाँकुडा, काठपात, प्लाष्टिकका कुर्ची ४० थान गरी १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । दुईतले टिनले छाएको कच्ची घर जलेर नष्ट भएको छ । स्थानीयले मृत कामी भुईतलामा सुत्ने जानकारी दिएपछि प्रहरीले खोजतलास गर्दा कामी जली मृत अवस्थामा भेटिएका थिए ।मृतक कामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको बताइएको छ । आगालागी कसरी भयो भन्ने बारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   ज्याग्दिखोला अनलाइन

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...