सरकार र गोविन्द केसी बीच बार्ता सफल,आजै अनशन तोडिने |

अन्य

सरकार र गोविन्द केसी बीच बार्ता सफल,आजै अनशन तोडिने |
श्रावन १० काठमाडौँ :- चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनरत गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकारी र डा केसीका वार्ता टोलबीचको बार्ता निष्कर्षमा पुगेको छ । तर सहमतिपत्रमा हस्ताक्षर भने भइनसकेको डा केसीका वार्ता टोलीका एक सदस्यले बताए । बिहीबार अपरान्ह भएको वार्तामा डा केसीले उठाएका मागमा सरकार सकरात्मक भएपछि वार्ता निष्कर्षमा पुगेको बताइएको छ । वार्ता टोलीबीच भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ । सहमतिमा हस्ताक्षर भएपछि २७ दिनदेखि अनशनरत डा केसीले आजै तोडिने बताइएको छ । डा केसीका माग सम्बोधानका लागि पूर्वसभामसख एवं नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...