रौतहटको बृन्दाबन नपाको मतगणनास्थलमा ढुंगा हानाहान मतगणना रोकियो ।

अन्य    राजनीति

रौतहटको बृन्दाबन नपाको मतगणनास्थलमा ढुंगा हानाहान मतगणना रोकियो ।

सेप्टेम्बर १९ बिरगंज :-रौतहटको बृन्दाबन नगरपालिकाको मतगणनास्थलमा ढुंगा हानाहान भएपछि मतगणना रोकिएको छ ।मतपत्रमा विवाद हुँदैगर्दा मंगलबार साँझ एमाले सांसद् रामकुमार भट्टराई गणनास्थल पुगेपछि ढुंगा हानाहान भएको हो । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा मानिस भेला भएका छन् ।

माओवादीले अग्रता लिएपछि एमालेले विवाद झिकेको स्थानीयले आरोप लगाएका छन् । यही बीचमा एमालेका नेता नै गणनास्थलमा पुगेपछि स्थानीयले ढुंगा प्रहार गरेका हुन ।बाहिर ठुलो संख्यामा मानिस भेला भएकाले जुनसुकै बेला झडप हुन सक्ने रेग्मीले जनाए । बिहान मतपत्र राम्ररी नदेखाएको भन्दै एमालेका प्रतिनिधिले विवाद झिकेपछि केहीबेर मतदान रोकिएको थियो । अहिले त्यहाँ गरुडाबाट थप सुरक्षाकर्मी गएको छ । उक्त नगरपालिकामा माओवादी अग्रस्थानमा छ ।

पहिलो चरणको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातेपछि पुन: त्यस्ता घटना दोहोरिन सक्ने भयले तेस्रो चरणको चुनावमा सावधानी अपनाउँदै जिल्लाभरीका मतगणनास्थलभित्र तारजाली लगाइएको छ । कतिपय मतगणनास्थलभित्र मतपत्र राम्ररी हेर्न नपाउने भन्दै विवाद झिक्ने गरेको अवस्था देखियो ।निर्वाचनको मतगणनामा मधेसका अधिकांश जिल्लामा तारजालीभित्र गरिएको छ । कतिपय ठाउँमा ग्याबिन तार र काडे तार प्रयोग गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...