बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दले जनजीवन प्रभावित |

अन्य    राजनीति

बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दले जनजीवन प्रभावित |
श्रावण २९ काठमाडौँ :- ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । पार्टीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा स्कुल बसमा आगजनी गरेका छन् ।आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जनाएको छ । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ। यस्तै, आज बाजुराको बडीमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ । बडीमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै रौतहट चन्दपुरको पुर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । यस्तै, झापाको गौरादह नगरपालिका-७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको विरोधमा नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको पार्टीले आज बन्द आह्वान गरेको छ ।काठमाडौँको विभिन्न ठाउँहरुमा पनि प्रेसर कुक्कर बम भेटिएको छ | जमलमा प्रेसर कुकर बमसहित दुईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...