पोखरामा चिप्लिएर अल्ट्रा लाईट एयर क्राफ्ट दुर्घटना ।

अन्य

पोखरामा चिप्लिएर अल्ट्रा लाईट एयर क्राफ्ट दुर्घटना ।
मे ७ पोखरा :-अवतरण गर्ने क्रममा पोखरा विमानस्थलको ‘रन वे’मा चिप्लिएर जाइराेकाेप्टर दुर्घटनामा परेको छ । मंगलबार दिउँसो यात्रु सहित उडेको हेलि एयर नेपालको (नाइन एन अल्फा माइक किलो) जाइराेकाेप्टर २ बजे अवतरण गर्ने क्रममा ‘रन वे’ चिप्लिदा दुर्घटनामा परेको हो । जाइराेकाेप्टरमा सवार चालक फ्रान्सेली नागरिक एरिक र नेपाली यात्रु अनिस भट्टचन भने सकुशल रहेको पोखरा विमानस्थलका सूचना अधिकृत काशीनाथ पौडेलले जानकारी दिए । ‘रन वे’को उत्तरदेखि दक्षिण तर्फ अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । जाइराेकाेप्टरकाे एउटा पखेंटा र अगाडिको सिसामा क्षति पुगेको पौडेलले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...