पोखरा रंगशालामा बोरिंगबाट पानी निकालियो ।

अन्य

पोखरा रंगशालामा बोरिंगबाट  पानी निकालियो ।

अगस्ट २८ पोखरा :- लामोसमयदेखि पानी विहीन रंगशालामा पानीको व्यवस्थापन गरिएको छ । पोखरा रंगशालाभित्र बोरिङ गरी खानेपानीको आपूर्ति गरिएको छ । खानेपानी आपूर्ति गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सम्पन्न श्रेष्ठको पहलमा निर्माण गरिएको हो ।पोखरा रंगशाला घेराबन्दी गरिएपछि नेपाल भुतपुर्व खेलाडी मन्चको पहलमा २०६४ सालमा खानेपानी आपूर्तिको लागि बोरिङ खनिएको थियो । तर पानी नै निस्किएपछि खानेपानीको समस्या जटिल बन्दै गएको थियो । एक दशकपछि रंगशालाको पुर्व तर्फको जमिनमा बोरिङ गरिएको हो ।

१ सय ३० मिटरको गहिराईबाट पानी निकालिएको छ । आठ इन्च मोटाईको पाईप जडान गरी निकालिएको पानीलाई ट्यांकीमा िरिजर्भ गरिने कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारले बताए । उनका अनुसार खानेपानी विशेष गरी फुटबल मैदान, कार्यालय प्रयोजन, भौतिक पुर्वाधार निर्माण तथा शौचालयको लागि प्रयोग गरिने छ । ४१५ रोपनी क्षेत्रफलको रंगशालामा निर्मित पुर्वाधारमा पानीको व्यवस्था गरिने छ । सबै ठाँउमा पाईप मार्फत पानी वितरण गरिने छ । खानेपानीको लागि १७ लाख रुपैयाँ खर्च भएको क्षेत्रीय सदस्य श्रेष्ठले बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...