पोखरामा प्रधान मंत्री के पी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जना बिद्यार्थी पक्राउ ।

अन्य

पोखरामा प्रधान मंत्री के पी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जना बिद्यार्थी पक्राउ ।
फेब्रुवरी २४ पोखरा :- पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना विद्यार्थी पक्राउ परेका छन् ।पोखराको सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा, विशाल तिमिल्सिना लगायत ४ जना पक्राउ परेका हुन्।त्यसैगरी नेविसंघका जिएमसी उपाध्यक्ष भिरध्वज जङ्ग पौडेल र सदस्य असिम पौडेल जिएमसी क्याम्पस अघिबाट पक्राउ परेका छन् । नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार प्रधानमन्त्री ओली पोखरा सभागृहमा आउने क्रममा बिरोध जनाउने विद्यार्थी पक्राउ परेका हुन् ।मंगलबार सम्म चल्ने प्रशिक्षण कार्यक्रममा १६ सय जना सहभागी रहने बताइएको छ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...