नेवा :पुच:युएईको बनभोज कार्यक्रम सम्पन्न,योमरीको स्वाद सबैलाई चखाए |
अन्य
नेवाः पुचः युएई शारजाह क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा तामाङ समाज युएईका अध्यक्ष महेश तामाङ, तनहुँ समाज युएईका अध्यक्ष कृष्ण पौडेल, मगर समाज युएईका अध्यक्ष टंक थापा मगर, भुजेल समाजका प्रतिनिधी तुल घर्ती, नागरिक सेवा समाजका अध्यक्ष प्रभाकर पौडेल, देवदह सेवा समाजका संयोजक श्याम बस्याल, युएई एक्सचेन्ज नेपाल कोअर्डिनेटर सन्तोष प्रसाई, हिमाल रेमिटका रमिल प्रधान र गोकुल ज्ञवाली, अनाहत गजल संग्रहका लेखक टक गुरुङ, बाबुराम सापकोटा, कृष्ण प्रसाद आचार्य, कृष्ण वाग्लेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मनोज चन्दले दुईवटै हातले एकैपटक उल्टो र सुल्टो संगसंगै लेख्ने, खुट्टा, कुहिना र मुखले समेत लेख्ने, एकैपटक ६ वटा कलमले लेख्ने प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल बनाउन शारजाह क्षेत्रीय समितिका अध्यक्ष मनोज प्रसाद श्रेष्ठको संयोजकत्वमा आयोजक समिति बनाइएको थियो ।

