नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन युएई र नेपाली समाज युएईको सहयोगमा राहत बितरण थालनी ।

विदेश

नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन युएई  र नेपाली समाज युएईको सहयोगमा राहत बितरण थालनी ।
मे १८ मनु कोंमे तमु युएई :-नेपाली राजदूतावास अबुधाबी युएईले १८ मे सोमबार १,००० थान ( एक हजार) थान राहत सामाग्री (Food Kits) युएई स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ । नेपाली राजदुतावास अबुधाबी युएईको सक्रियतामा १,००० थान सामाग्री लुलु ग्रुपले उपलब्ध गराएको थियो । खाद्यान्न समस्यामा परेका नेपाली नागरिकहरूले अबुधाबीको हकमा नेपाली राजदूतावास अबुधाबीमा र अन्य इमिरेट्सहरूको हकमा गैर-आवासीय नेपाली संघ युएई र नेपाली समाजका प्रतिनिधिहरूसँग सम्पर्क गर्न नेपाल राजदुतावास युएईले अनुरोध गरेको छ भने नेपाल राजदुतावास अबुधाबी युएईका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले यस कार्यमा सहयोग गर्ने इमिरेट्स फाउन्डेसन र लुलु एक्सचेञ्ज लाई बिशेष धन्यवाद व्यक्त गर्नु भएको छ। गैरआवासीय नेपाली संघ युएईले राहत बितरणको लागी ४०० थान प्राप्त गरेको छ । प्राप्त गरेको मध्ये १०० थान अबुधाबी क्षेत्रमा बितरण गर्ने भएको छ भने अजमान, रास अल खेमा, फुजेइराह र अलऎन क्षेत्रमा २५/२५ थान र शारजाह/दुबईमा २०० थान वितरण गर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एवं क्युआरएफका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पाले जानकारी गराउनु हुंदै यस कार्यको संयोजन गरिदिनु भएकोमा महामहिम राजदुत कृष्ण प्रसाद ढकाल, श्रम सहचारी मोतीराम भुसाल लगायत नेपाली दुतावास परिवार लुलु ग्रुप, फर्स्ट अबुधाबी बैंक, इमिरेट्स फाउन्डेसन र युएई भोलिन्टीएर्स प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ। त्यसैगरी नेपाली राजदुतावास अबुधाबी युएई बाट राहत बितरणको लागी ३०० थान खाद्यान्न सामग्री नेपाली समाज युएईले सबै बैचारिक संगठन,आदिवासी जनजाती महासंघ, पत्रकार महासंघ, नेपाली समाज युएईमा आबद्ध सबै संघ सस्था तथा अन्य सामाजिक संघ सस्थाहरुको संयुक्त सम्यन्त्र कोभीड-१९ सुचना संकलन तथा राहत ब्यबस्थापन मुल समिति यूएईले प्राप्त गरेको छ । नेपाली समाज युएईले दुताबास बाट प्राप्त सामग्रीलाई सम्बन्धित पीडित ब्यक्ति सम्म पुर्‍याउन हर सम्भव प्रयास गर्ने नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकालले बताउनु भएको छ। नेपाली समाज युएईले लुलु ग्रुप संग समन्वय गरी राहत उपलब्ध गराउन पहल गर्नु हुने महामहिम राजदुत कृष्ण प्रसाद ढकाल लगाएत सम्पुर्ण दुतबास परिवार तथा सामाग्री रिसिभ गर्न दुताबास सम्म पुग्नु हुने संयुक्त सम्यन्त्र मुल समितीका सबै सदस्यहरु तथा स्टोरमा सामान ब्यबस्थापन गर्न सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...