कैलालीमा आइसोलेसनामा भर्ना भएको एक व्यक्तिको मृत्यु।

स्वास्थ्य

कैलालीमा आइसोलेसनामा भर्ना भएको एक व्यक्तिको मृत्यु।
मे २७ कैलाली:-कैलाली स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको आज (बुधबार) विहान मृत्यु भएको छ । कैलाली गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले मृतकको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तर उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको उनले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...