संचारकर्मी रवि लामिछाने जिल्ला अदालत चितवनलाई चुनौती दिँदै उच्च अदालतमा पुगे ।

अन्य

संचारकर्मी रवि लामिछाने जिल्ला अदालत चितवनलाई चुनौती दिँदै उच्च अदालतमा पुगे ।
सेप्टेम्बर ४ काठमाडौं :-प्रख्यात सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल चितवन जिल्ला अदालतलाई चुनौती दिँदै उच्च अदालत पुगेका छन् । चितवन जिल्ला अदालतले दिएको धरौटीमा छाड्ने आदेश बदर गर्न माग गर्दै उनीहरूले उच्च अदालतमा निवेदन दिएका हुन् । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुचित रहेको दावी गर्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् । लामिछाने र कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् । उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्‍च अदालत हेटौंडा इजलासले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...