तमु (गुरुङ) समाज कतारले गुरुङ(तमु) बौद्ध गुम्बा तथा सांस्कृतिक संग्रहालयलाई आर्थिक सहयोग ।

विदेश

तमु (गुरुङ) समाज कतारले  गुरुङ(तमु) बौद्ध गुम्बा तथा सांस्कृतिक संग्रहालयलाई  आर्थिक सहयोग ।
सेप्टेम्बर २२ दोहा :-तमु (गुरुङ )समाज कतारले सुनसरी इटहरी उपमहानगर पालिका २ शान्ती नगर स्थित निर्माणधीन गुरुङ (तमु )बौद्द गुम्बा तथा सांस्कृतिक संग्रहालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सेप्टेम्बर १३ तारिख शुक्रबारका दिनमा तमु (गुरुङ) समाज कतारको सेप्टेम्बर महिनाको नियमित मासिक बैठक केन्द्रीय अध्यक्ष भाइकाजी गुरुङको अध्यक्षतामा नज्मा दोहाको रोयल नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको बैठकमा छलफल गरि पारित भएको प्रस्ताव अनुसार महिला सदस्य लक्ष्मी गुरुङको सिफारिसमा सुन्सरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं २ शान्तिनगरमा निर्माणाधीन गुरुङ(तमु) बौद्ध गुम्बा तथा सांस्कृतिक संग्रहालयलाई संस्थागत र व्यक्तिगत श्रोतबाट संकलित रकम १४१२ रियल (४४,०२६/ रुपैयाँ) केन्द्रीय अध्यक्ष ज्युले प्रस्तावक लक्ष्मी गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।स्मरण रहोस तमु (गुरुङ )कतारले नेपालमा विभिन्न सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्दै आईरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...