नेपाल मगर संघ शाखा इजरायलको चौथो अधिबेसनबाट मन मास्की मगर अध्यक्षमा निर्बाचित।

जनजाती बिशेस

नेपाल मगर संघ शाखा इजरायलको चौथो अधिबेसनबाट मन मास्की मगर अध्यक्षमा निर्बाचित।
जुलाई २० दिपेन गुरुङ इजरायल :-''भेषभुषा,भाषा ,धर्म, संस्कृतीको संरक्षण एवम् बिस्व भरिका मगरहरुको एकता आजको आवस्यकता '' मगर समुदायको भेषभुषा भाषा,धर्म,भेषभुषा,कला संस्कृति,पहिचान र परम्परालाई संरक्षण सम्बर्द्धन जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्धेश्यले सन् २०१३ मा इजरायलमा स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको चौथो अधिबेसन साथै सातौ बार्षिक उत्सव गत शुक्रबार इजरायलको तेलअबिबमा सम्पन्न भएको छ।सम्पूर्ण बिस्व जगत कोरोना भाईरसले आक्रान्त रहेको यस बिसम परिस्थितिमा प्रबिधिको सदुपयोग गर्दै (zoom apps )मार्फत कार्यक्रम सम्पन्न भएको सो कार्यक्रम निबर्तमान अध्यक्ष लिला थापा मगरको अध्यक्षतामा, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरको प्रमुख अतिथी रहनु भएको थियो। त्यसै गरि विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ, इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो , विशेष अतिथिमा नेपालबाट नेपाल मगर संघ केन्द्रका केन्द्रिय पदाधिकारीहरु,मगर संघर्ष समितिका संयोजक राम मगर, अतिथिहरुमा इजरायलबाट विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी रहेका थिए। नेपाल मगर संघ शाखा इजरायलका सचिव बिबस आले मगरले संचालन गरेको उक्त कार्यक्रममा महासचिव धनु काउचा मगरले बार्षिक प्रतिवेदन र निबर्तमान कार्यसमितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै कोष अध्यक्ष चित्र गुज्जाली मगारने आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। पुरानो समितिबाट थप हुँदै आएको संस्थाको कोष बृहत रुपमा बृद्वी गरि ८० हजार सेकेल पुराएको र उक्त कोषबाट मगर मातृभाषा शिक्षाको लागि ६० (हजार सेकेल नेपाली रुपैंया २० लाख) आसपासको संस्थाले शैक्षिक कोष स्थापना गरेको घोषणा गरेका थिए।प्रमुख अतिथी तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले शुभकामना मन्तब्यको क्रममा नेपाल मगर संघ केन्द्रको विभिन्न अभियान,आन्दोलनहरुमा ठुलो सहयोग रहेकोमा धन्यवाद दिनु भएको थियो ,भने अब नेपालमा मगरहरुले आफ्नो भुमि ,आफ्नो माटोको लागी लड्ने बेला आएको पुरानो मुद्दालाई दोहोरेउनु भयो। मगरहरु जहाँ रहे पनि आफ्नो माटो, आफ्नो पहिचानको सचेत रहन ,सजक रहन भन्दै आउने कार्यसमितीलाई शुभकामना दिनु भएको थियो। त्यसरी नै महासंघ इजरायलका पुर्व अध्यक्षहरु, राजनीतिक, सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि शुभकामना राखेका थिए। शुभकामना दिने क्रममा नेपाल आदिबासी महासंघ इजरायलका नि -वर्तमान अध्यक्ष तारा काउचा मगरले भाषा र लिपीले समुदायको मुख्य पहिचान बोकेको हुँदा यस तर्फ लाग्नु पर्नेमा जोड दिनु भएको थियो। कार्यक्रम सभापती तथा निबर्तमान अध्यक्ष लिला थापा मगरले आफ्नो कार्यकालमा प्रत्यक्ष ,अप्रत्यक्ष सहयोग गर्ने मगर संघ शाखा इजरायलका कार्यसमिती सदस्यहरु लगायत सम्पूर्ण इजरयालाबासी मगरहरु,नेपाल मगर संघ केन्द्र , इजरायलका संघ संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्नु भएको थियो। निर्वाचन समितिका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निबर्तमान अध्यक्ष तारा बहादुर काउचा मगरले मन मास्की राना मगरको अध्यक्षतामा ११ सदसिय नया कार्य समिति र ६ सदसिय संरक्षक, सल्लाहाकार समितिको घोषणा गरेका थिए । निर्वाचित पदाधिकारीहरूलाइ निर्वाचित प्रमाण पत्रहरू बितरण गरिएकाे थियाे ।निर्विरोध निर्वाचित सम्पूर्ण प्रत्यक्ष उपस्थित र जुमबाट सहभागि पदाधिकारीहरूलाई प्रमुख अतिथि नबिन रोका मगरले मगर भाषामा सपथ ग्रहण गराएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...