” चासोक तङ्नाम” इजरायलमा गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम लिम्बुको साथमा मनाउने भब्य तयारीमा ।

जनजाती बिशेस

” चासोक तङ्नाम” इजरायलमा गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम लिम्बुको साथमा मनाउने भब्य तयारीमा ।
नोभेम्बर २० फिष्टेल न्यूज:- याक्थुङ (लिम्बू) समुदायको पहिचान , लोपन्मुख भेष भुषा,भाषा र धर्म, संस्कार संस्कृतिको संरक्षण र प्रहर प्रसार गदै पुस्तान्तरण गर्दै जाने हिसावले बिदेश भुमीमा भएर पनि सम्पूर्ण याक्थुङ्ग (लिम्बु )लाई एकता गर्दै सन् २०१३ सालमा स्थापित किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलले प्रत्येक बर्ष झै यस बर्ष पनि आदिवासी याक्थुङ(लिम्बू) सामुदायको मौलिक राष्ट्रिय पर्व चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) भब्य रुपमा मनाउने भएको छ । डिसेम्बर १३ तारिख २०१९ शुक्रबार साँझ तेलअभिव स्थित हगना- १३५ हलमा हुने सो भब्य कार्यक्रमलाई मनोरन्जन दिलाउन नेपालबाट राष्ट्रिय कलाकारहरु गायिका सुनिता थेगिम लिम्बु र गायक सुगम पोख्रेल इजरायल आउने भएको छ ,साथै स्थानीय याक्थुङ्ग कलाकारहरुको पहिचान मुलक विभिन्न संस्कृतिक प्रस्तुतीहरुमा रहने र विभिन्न नेपाली खानाका परिकारहरुको पनि स्वाद लिन सकिने पनि आयोजक सस्थाले जानकारी दिनु भएको छ । यस कार्यक्रममा उपस्थित हुनु भै कार्यक्रम भब्य रुपले सफल बनाई दिनु हुन किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलद्वारा सम्पूर्ण इजरायलबासी नेपाली तथा नेपालीभाषी दाजुभाई दिदिबहिनीहरुमा हार्दिक अनुरोध गरिएको छ । साथै उल्लेखित मिती र समयमा कुनै पनि संघ , संस्था तथा संगठनहरुले कार्यक्रम नजुधाइ सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतालाई बचाउन सहयोग गरिदिनु पनि अनुरोध गरिएको छ ।

चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) समय :-०६ :०० बजे साँझ मिती :-१३ डिसेम्बर २०१९ स्थान :-हगना -१३५ तेल अभिव


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...