नेपाल मगर संघ इजरायलले ३७ औ मगर स्थापना दिवस मनाए |
मूलबासि /भूमिपुत्र
नेपाल मगर संघ इजरायलका तृतीय उपाध्यक्ष सुर्य राना मगरले स्वागत तथा शुभकामना दिनु भएको थियो ,भने संघ/संगठन बिभाग सद्स्य (निबर्तमान संरक्षक) तारा काउचा मगरले मगर समुदायको लागी फागुन १५ एक महत्व पूर्ण दिन भएको बारे प्रस्ट पार्नु भएको थियो ।यसै गरी प्रमुख अतिथि आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ तथा बिशेस अतिथिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद इजरायलका कावा अध्यक्ष शान्ता अधिकारी ज्ञवाली ,भोजपुर समाजका अध्यक्ष बालकुमार राई,तमु समाज इजरायलका कावा अध्यक्ष ओम गुरुङ लगायतले शुभकामना दिनु भएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन रविन्द्र अधिकारी लगायत ७ जनाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउन परेको दुखद क्षणको सम्झना गर्दै मृत्यु हुनु भएका सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हुँदै देश बिदेशमा छरिएरा रहनु भएका सम्पूर्ण मगरहरुमा ३७ औ मगर स्थापना दिवसको शुभकामना तथा कार्यक्रममा उपस्थिति हुनुभएका सबैलाई धन्यवाद दिनु हुँदै सभापति तथा मगर संघ इजरायलका अध्यक्ष लिला थापाले कार्यक्रम समापन गर्नु भएको थियो |कार्यक्रम संघका सचिव बिबश आले मगरले संचालन गर्नु भएको थियो |
बिस २०३९ फागुन १५ पहिलो महाधिवेसनबाट मनोनित सस्थापक अध्यक्ष स्व।हेमबहादुर पुनमगर सहित तत्कालिन सस्थापक सबै पदाधिकारी सदस्यहरु लगाएतले बैधानिक रुपले स्थापना गरेको दिनलाई प्रत्येक बर्ष मगर समुदायले स्थापना दिवसको रुपमा मनाउदै आएको छ | 
