नेपाल मगर संघ शाखा इजरायलले पनि ३८ औ मगर दिवस मनाए ।
जनजाती बिशेस
सभापति तथा नेपाल मगर संघ इजरायल शाखाका प्रथम उपाध्यक्ष जय पुन मगरले ३८ औ मगर दिवस अवसरमा शुभकामना दिनु हुँदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो ।यस बर्षको माघे सक्रान्ती पर्वको अवसरमा आयोजना गरेको माघ्या सकराटी २०७६ साँझमा स्थापना भएको गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको लागी पचास हजार सेकेलको अक्षयकोषकोलाई नेपाली पचास लाख पुर्याउने संघको लक्ष्य पुरा गर्न प्रतिबद्द रहेको र यसबाट आर्थिक रुपले बिपन्न जेहेन्दार बिद्यार्थीलाई विभिन्न अवसर पारेर सहयोग हस्तान्तरण गर्दै जाने र यस कोषको अर्को उद्देश्य मगर मातृ भाषाको पठनपाठन र बिकास गराउनु रहेको बारे बताउनु हुँदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

