इजरायलमा नेवा :फुड फेस्टिवल हुँदै ,सहभागीताको लागी राष्ट्रिय नेवा :खल इजरायलको अनुरोध ।

जनजाती बिशेस

इजरायलमा नेवा :फुड फेस्टिवल हुँदै ,सहभागीताको लागी राष्ट्रिय नेवा :खल इजरायलको अनुरोध ।
जुलाई ८ तेलअविव – इजरायलमा इजरायलबासीले नेवारी खानाको स्वाद चाख्न पाउने भएको छ ।राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा तेल-अविव स्थित रमणीय स्थल यार्काेन पार्कमा नेवा:फुड फेस्टिवल हुने भएको छ ।यस फूड फेस्टिवलमा इजरायलमा कार्यरत नेपालीहरूलाई मध्यनजर गर्दे नेवारी समुदायको बिभिन्न खानाका परिकार छाेईला ,कचिला,सम्य बजीकाे साथमा बारबिक्यू BBQ साथै बिभिन्न प्रकारका अचारकाे साथमा स्वादिष्ट खानाको स्वादहरु चाख्न पाईने राष्ट्रिय नेवा: खल: इजरायलका अध्यक्ष मनु श्रेष्ठले जानकारी दिनु भएको छ । यहि जुलाई १९ तारिख शुक्रबार हुने नेवा : फुड फेष्टिवल मध्य रात सम्म चल्ने छ । नेवा : फुड फेष्टिवल यार्काेन पार्क जानका लागी आयाेजकले लेबिन्स्की पार्कबाट बसकाे ब्यवस्था गरेकाे छ ।२०१० मा स्थापना भएको यस सस्थाले यस किसिमको फेस्टिवल प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको छ ।यस नेवा फूड फेस्टिवलमा उपस्थित भई नेवारी परिकारहरुको स्वाद चाख्ने मौका नगुमाउनु हुन आयोजक राष्ट्रिय नेवा :खल इजरायलले हार्दिक अनुरोध गरेको छ ।

नेवा : फुड फेष्टिवल स्थान :-यार्काेन पार्क तेल -अभिव मिती :-जुलाई १९ तारिख (शुक्रबार ) समय :-८ बजे साँझ बाट मध्य रात सम्म नोट :-लेबिन्स्की पार्कबाट कार्यक्रम स्थल सम्म बसकाे ब्यवस्था गरेकाे छ |

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...