अन्तर्राष्ट्रिय बिश्व आदिवासी दिवसको अवसरमा आयोजित मिस्टर एण्ड मिस इन्डिजिनियसको उपाधी पदम खालिङ राई र अञ्जुली लोप्चान तामाङलाई ।

जनजाती बिशेस

अन्तर्राष्ट्रिय बिश्व आदिवासी दिवसको अवसरमा आयोजित मिस्टर एण्ड मिस इन्डिजिनियसको उपाधी पदम खालिङ राई र अञ्जुली लोप्चान तामाङलाई ।
अगस्ट ११ मान सिङ गुरुङ / युएई :- “अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातीको अडान,पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ युएई तथा महासंघ आबद्ध ११ जातिय संघसंस्थाहरु र नेपाल आदिबासी जनजाती पत्रकार महासंघ युएईको संयुक्त आयोजनामा २५ औं बिश्व आदिवासी दिवस युएई स्थित कालर्टन प्यालेस होटल देरा दुबइमा भव्यता साथ सम्पन्न भएकोछ। उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएई द्वारा आयोजित मिस्टर एण्ड मिस इन्डिजिजियस -२०१९ किरात राई यायोक्खा शाखा युएईको प्रतिनिधित्व गर्दै पदम खालिङ राई भेषभुषा इन्डिजिनियस टाईटल र मिस्टर इन्डिजिनियस २०१९ को उपाधी जित्न सफल भएका छन भने भेषभुषा इन्डिजिनियस र मिस इन्डिजिनियस २०१९ को तामाङ समाज युएईको प्रतिनिधित्व गर्दै अन्जली लोप्चन तामाङले जितिकी छिन ।उक्त प्रतियोगिताको निर्णयक भुमिकामा नेपाली समाजका सिपी सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तान, तमु समाज युएईका संरक्षक राजु गुरुङ, किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रा साम्पाङ राई र संघिय समाजका अध्यक्ष बाबुराम लोप्चन रहेका थिए । कार्यक्रममा आदिबासी जनजातिहरुको भेषभुषा प्रदर्शन,जातीय मौलिकता झल्किने स्टलहरु प्रदर्शन गरिएको थियो भने उक्त प्रतियोगितामा नेपाल आदिवासी जनजाति महासंघ युएई आबद्ध तमु समाज युएई, तामाङ समाज युएई, किरात राई यायोक्खा शाखा युएई, किरात याक्थुङ चुम्लुङ युएई, नेपाल मगर संघ शाखा युएई, शेर्पा किदुग युएई, नेवा पुच: युएई, थारु कल्याणकारिणी सभा युएई, प्रबासी भुजेल सेवा समाज युएई, प्रबासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएईले सहभागीता जनाएको थियो।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...