नेपालमा कोरोना संख्या ६ सय ३ जना ,आइतबार १९ जना संक्रमित पुस्टि।

स्वास्थ्य

नेपालमा कोरोना संख्या ६ सय ३ जना ,आइतबार १९ जना संक्रमित पुस्टि।
मे २४ काठमाडौँ :-नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार दिउसो १९ जना नयाँ थपिएसंंगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । मन्त्रायका अनुसार सबै भन्दा धेरै रुपन्देहीमा ६ जना थपिएका छन । रुपन्देही नजिकैको कपिलवस्तु जिल्लमा ३ जना नयाँ संक्रमित फेला परेका छन । त्यस्तै गुल्मीमा १ जना, मोरेङमा १ जना, बारामा १ जना, पर्साको विरगञ्जमा ३ जना, रौतहटमा १ जना, सर्लाहीमा १ जना, काठमाण्डौंमा १ जना र नुवाकोटमा १ कोरोना संक्रमित पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...